Thursday, January 14, 2016

Oscar Nominations 2016.

At 5:30 a.m. PT, Guillermo del Toro and Ang Lee will announce the nominees in the following categories: Animated Feature Film, Cinematography, Costume Design, Documentary Feature, Documentary Short Subject, Makeup and Hairstyling, Original Song, Animated Short Film, Live Action Short Film, Sound Editing and Sound Mixing.

At 5:38 a.m. PT, John Krasinski and Academy President Cheryl Boone Isaacs will take the stage to unveil the nominations for Best Actor, Best Actress, Best Supporting Actor, Best Supporting Actress, Directing, Film Editing, Foreign Language Film, Original Score, Best Picture, Production Design, Visual Effects, Adapted Screenplay and Original Screenplay.

Tuesday, January 12, 2016

"भारत र नेपाल एक प्राकृतिक छिमेकी देश हो ।" प्रम के.पी वली ।


भारतीय एक च्यानल लाई अन्तर्वाता दिंदै प्रम के पी वली ले भने नेपाल र भारत एक प्राकृतिक छिमिकी मुलुक हो । दुबै देश बिच राम्रो सम्बन्ध छ । तर केही कुरा हरु लाई लिएर नेपालीहरु भारत बिरोधी भावना फैलिएको बताए। आफुले भारत र नेपाल बिच को सम्बन्धलाई असर पार्ने कुनै उदश्य नरहेको पनि बताए । कुराकानी कै क्रम मा हाल भारत बाट आउने इन्धन र ग्यास को आपुर्ती रोकिएका कारण भारत बिरोधी कृयाक्लाप बढेको पनि बाताए । भारत ले अत्यावस बस्तु हरुको निर्यात बढाएमा सबैकुरा सामन्य हुने बताए । उनको पहिलो बिदेश यात्रा को बिषयमा सोधिएको एक प्रश्न मा उन ले भने " भारत र चिन दुबै छिमेकी राष्ट्र हुन यता जाउ या उता जाउ भनेर संबिधानमा लेखेको छैन । भिडियो सहित :-

Sunday, January 10, 2016

गुल्मीका प्र. जि. अ. प्रदीपराज कँडेल इन्ट्रिग्रिटी आइडल नेपाल २०१५ सम्मानित ।

(प्र. जि. अ. प्रदीपराज कँडेल)
इमान्दार र जवाफदेही जनसेवकको राष्ट्रिय सम्मान गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पाउनु भएको छ । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत अन्तर्रा्ष्ट्रिय सामाजिक संस्था  एकाउन्टिबिलिटी ल्याबले इन्ट्रिग्रिटी आइडल नेपाल २०१५ को नामबाट यो सम्मान दिएको छ । काठमाडौंमा आइतबार भएको कार्यक्रममा उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले कँडेललाई सम्मान प्रदान गर्नुभयो । एकाउन्टिबिलिटी ल्याबले सरकारी कार्यालयमा रही निष्ठाकासाथ आफना कर्तव्य तथा दायित्वहरु निर्वाह गर्ने एक राष्ट्र सेवक इमान्दार शिक्षक र निजामति कर्मचारीलाई राष्ट्रिय सम्मान गर्ने उद्देश्यले यो सम्मान दिएको जनाएको छ । गतबर्ष  इन्ट्रिग्रिटी आइडल नेपाल २०१४ बाट पाँचथरका तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल सम्मानित हुनु भएको थियो । यस बर्ष परेका जम्मा ५ सय ५८ आवेदनहरु निर्णायक मण्डलले  उत्कृष्ट ५ जना छानेको र ती ५ मध्येबाट सर्वसाधारणले अनलाइन तथा एसएमएसमार्फत गरेको भोटिङका आधारमा कँडेललाई छनौट गरिएको एकाउन्टिबिलिटी ल्याबले जनाएको छ । नागरिकका सानादेखि गहन कुराहरु आफ्नो मानेर काम गर्ने, फाकाएर काम लिने प्रवृतिलाई निरुत्साहित गर्दै नागरिक अधिकार संरक्षण तथा नागरिक सुनुवाई गर्न गराउन र समावेसी अवसरको निर्माण गर्नमा कँडेलले योगदान गर्नुभएको थियो । मुस्ताङ, महोत्तरी, सोलुखुम्बु पाँचथरमा रहेर काम गरिसकेका कँडेलले  मुस्ताङ्गमा कार्यरत रहँदा नेपाल र चिनबिच ३० किलोमिटर भित्रको बासिन्दालाई आवत जावत गर्न्दिने भन्ने सुविधा कार्यान्वयन गर्नुभएको थियो  । सोलुखुम्बुमा रहँदा टच टु फाइन्ड अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरि व्यवस्थापन चुस्त अनि दुरुस्त बनाउने अभियान सुरु गरेको उहाँले जिल्ला प्रशासन कार्यालय पाँचथरमा ध्वनी बडापत्रको कार्यान्वयन गर्नुभएको थियो । उहाँले कार्यालय छुट्टी हुने बित्तिकै गाउँ गाउँ गएर सर्वसाधारणको गुनासो सुन्नुको साथ साथै सर्बसाधारणलाई आफ्नो व्यक्तिगत सम्पर्क नम्बर दिएर गुनासो सल्लाह सुझाव दिन हौस्याउने गर्नुहुन्छ । दुई महिनाअघि गुल्मी पुगेका कँडेलले  टाढा टाढाबाट नागरिकता बनाउन आएका गरिव नागरिकका लागि कपडा संकलन गरेर दिने गर्नुभएको छ । उहाँले गुल्मीमा सार्वजनिक गातायातमा ध्वनि वडापत्र, जिल्लामा गुड्ने लामा दुरीका यातायात साधनमा टाईम कार्ड, जिल्ला सरसफाई अभियान र सम्भावित आगलागीको जोखीमबाट बच्न अग्नि नियन्त्रकको ब्यवस्था पनि गरिसक्नुभएको छ । सम्मानित भए पछि प्रमुख जिल्ला अधिकारी कंडेलले सार्बजनिक  जवाफदेहिता एब उत्तरदायित्व वृद्धि वाट सार्बजनिक सेवामा अझै प्रेरित हुने प्रण गर्दछु भन्नु भयो । गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले  ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा बढी जिल्लामा जनतालाई प्रदान गरेको सेवा र भोटिङका आधारमा प्रजिअ कँडेलले अवार्ड जितेका हुन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले इन्ट्रिग्रिटी आइडल नेपालको ट्रफी प्रदान गर्दै कँडेललाई सम्मान गरेका थिए । सम्मानपछि प्रजिअ कँडेलले सम्मानले जनताको सेवामा अझ बढी उत्तरदायी र जवाफदेही बनाउने प्रतिबद्धता जनाएका थिए । उत्कृष्ट पाँचमा परेका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक व्यवस्थापन अधिकृत रमेशकुमार थापा, म्याग्दीको बेनी सामुदायिक उच्चमाबिका प्रधानाध्यापक दीपक श्रेष्ठ, सहयोगी उच्चमाबि श्रोत केन्द्र काठमाडौंका श्रोतब्यक्ति रामनारायण शाह र खोटाङका महिला विकास निरीक्षक भुवनकुमारी राईलाई इन्ट्रिग्रिटी आइडल नेपालको उपविजेता घोषणा गरिएको थियो । अवार्डका लागि यस वर्ष देशभरीबाट ५ सय ५८ आवेदन परेका थिए । ती आवेदनबाट पूर्वअख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साह र ट्रान्सफरेन्सी इन्टरनेशनलका अध्यक्ष भरतबहादुर थापाको निर्णायकमण्डलले उत्कृष्ट ५ जनाको नाम चयन गरेको थियो ।