![]() |
| (प्र. जि. अ. प्रदीपराज कँडेल) |
इमान्दार र जवाफदेही जनसेवकको राष्ट्रिय सम्मान गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पाउनु भएको छ । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत अन्तर्रा्ष्ट्रिय सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याबले इन्ट्रिग्रिटी आइडल नेपाल २०१५ को नामबाट यो सम्मान दिएको छ । काठमाडौंमा आइतबार भएको कार्यक्रममा उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले कँडेललाई सम्मान प्रदान गर्नुभयो । एकाउन्टिबिलिटी ल्याबले सरकारी कार्यालयमा रही निष्ठाकासाथ आफना कर्तव्य तथा दायित्वहरु निर्वाह गर्ने एक राष्ट्र सेवक इमान्दार शिक्षक र निजामति कर्मचारीलाई राष्ट्रिय सम्मान गर्ने उद्देश्यले यो सम्मान दिएको जनाएको छ । गतबर्ष इन्ट्रिग्रिटी आइडल नेपाल २०१४ बाट पाँचथरका तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल सम्मानित हुनु भएको थियो । यस बर्ष परेका जम्मा ५ सय ५८ आवेदनहरु निर्णायक मण्डलले उत्कृष्ट ५ जना छानेको र ती ५ मध्येबाट सर्वसाधारणले अनलाइन तथा एसएमएसमार्फत गरेको भोटिङका आधारमा कँडेललाई छनौट गरिएको एकाउन्टिबिलिटी ल्याबले जनाएको छ । नागरिकका सानादेखि गहन कुराहरु आफ्नो मानेर काम गर्ने, फाकाएर काम लिने प्रवृतिलाई निरुत्साहित गर्दै नागरिक अधिकार संरक्षण तथा नागरिक सुनुवाई गर्न गराउन र समावेसी अवसरको निर्माण गर्नमा कँडेलले योगदान गर्नुभएको थियो । मुस्ताङ, महोत्तरी, सोलुखुम्बु पाँचथरमा रहेर काम गरिसकेका कँडेलले मुस्ताङ्गमा कार्यरत रहँदा नेपाल र चिनबिच ३० किलोमिटर भित्रको बासिन्दालाई आवत जावत गर्न्दिने भन्ने सुविधा कार्यान्वयन गर्नुभएको थियो । सोलुखुम्बुमा रहँदा टच टु फाइन्ड अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरि व्यवस्थापन चुस्त अनि दुरुस्त बनाउने अभियान सुरु गरेको उहाँले जिल्ला प्रशासन कार्यालय पाँचथरमा ध्वनी बडापत्रको कार्यान्वयन गर्नुभएको थियो । उहाँले कार्यालय छुट्टी हुने बित्तिकै गाउँ गाउँ गएर सर्वसाधारणको गुनासो सुन्नुको साथ साथै सर्बसाधारणलाई आफ्नो व्यक्तिगत सम्पर्क नम्बर दिएर गुनासो सल्लाह सुझाव दिन हौस्याउने गर्नुहुन्छ । दुई महिनाअघि गुल्मी पुगेका कँडेलले टाढा टाढाबाट नागरिकता बनाउन आएका गरिव नागरिकका लागि कपडा संकलन गरेर दिने गर्नुभएको छ । उहाँले गुल्मीमा सार्वजनिक गातायातमा ध्वनि वडापत्र, जिल्लामा गुड्ने लामा दुरीका यातायात साधनमा टाईम कार्ड, जिल्ला सरसफाई अभियान र सम्भावित आगलागीको जोखीमबाट बच्न अग्नि नियन्त्रकको ब्यवस्था पनि गरिसक्नुभएको छ । सम्मानित भए पछि प्रमुख जिल्ला अधिकारी कंडेलले सार्बजनिक जवाफदेहिता एब उत्तरदायित्व वृद्धि वाट सार्बजनिक सेवामा अझै प्रेरित हुने प्रण गर्दछु भन्नु भयो । गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा बढी जिल्लामा जनतालाई प्रदान गरेको सेवा र भोटिङका आधारमा प्रजिअ कँडेलले अवार्ड जितेका हुन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले इन्ट्रिग्रिटी आइडल नेपालको ट्रफी प्रदान गर्दै कँडेललाई सम्मान गरेका थिए । सम्मानपछि प्रजिअ कँडेलले सम्मानले जनताको सेवामा अझ बढी उत्तरदायी र जवाफदेही बनाउने प्रतिबद्धता जनाएका थिए । उत्कृष्ट पाँचमा परेका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक व्यवस्थापन अधिकृत रमेशकुमार थापा, म्याग्दीको बेनी सामुदायिक उच्चमाबिका प्रधानाध्यापक दीपक श्रेष्ठ, सहयोगी उच्चमाबि श्रोत केन्द्र काठमाडौंका श्रोतब्यक्ति रामनारायण शाह र खोटाङका महिला विकास निरीक्षक भुवनकुमारी राईलाई इन्ट्रिग्रिटी आइडल नेपालको उपविजेता घोषणा गरिएको थियो । अवार्डका लागि यस वर्ष देशभरीबाट ५ सय ५८ आवेदन परेका थिए । ती आवेदनबाट पूर्वअख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साह र ट्रान्सफरेन्सी इन्टरनेशनलका अध्यक्ष भरतबहादुर थापाको निर्णायकमण्डलले उत्कृष्ट ५ जनाको नाम चयन गरेको थियो ।

No comments:
Post a Comment