Wednesday, December 9, 2015

Secretary-General's Message for 2015

Global attitudes towards corruption have changed dramatically.  Where once bribery, corruption and illicit financial flows were often considered part of the cost of doing business, today corruption is widely -- and rightly -- understood as criminal and corrosive. The new 2030 Agenda for Sustainable Development, our plan to end poverty and ensure lives of dignity for all, recognizes the need to fight corruption in all its aspects and calls for significant reductions in illicit financial flows as well as for the recovery of stolen assets.

Corruption has disastrous impacts on development when funds that should be devoted to schools, health clinics and other vital public services are instead diverted into the hands of criminals or dishonest officials.

Corruption exacerbates violence and insecurity. It can lead to dissatisfaction with public institutions, disillusion with government in general, and spirals of anger and unrest.

The United Nations Convention against Corruption provides a comprehensive platform for governments, non-governmental organizations, civil society, and individual citizens. Through prevention, criminalization, international cooperation and assets recovery, the Convention advances global progress toward ending corruption.

On International Anti-Corruption Day, I call for united efforts to deliver a clear message around the world that firmly rejects corruption and embraces instead the principles of transparency, accountability and good governance. This will benefit communities and countries, helping to usher in a better future for all.

Ban Ki-moon

Monday, November 30, 2015

१२ बुंदे माग सहित शारदाले गराइन प्रधानमन्त्रीलार्इ ध्यानाकर्षण ।

१५ मङ्सिर,काठमाडौं ।  
भ्रष्टाचार बिरुद्ध संघर्ष समिती नेपाल र शारदा भुसाल झा को अगुवाइमा  हिजो प्रधानमन्त्रीको कार्यालय  शिंहदरबारमा ध्यानाकर्षण पत्र दर्ता गरायो । 
नेपालको संबिधान २०७२ मा  भ्रष्टाचार रोक्ने, नियन्त्रण गर्ने वा भ्रष्टाचार निवारण गर्ने  शसक्त कानुन नबनेकाले उक्त संबिधान संसोधन गरी भ्रष्टाचार बिरुद्ध शसक्त कानुन बनाउन १४ बुंदे ध्यानाकर्षण पत्र दर्ता गराएको छ । उक्त पत्रको पूर्ण पाठ । 




श्री सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय
सिंहदरबार, काठमाण्डाै   । 

 विषयः ध्यानाकर्षण पत्र । 

         अाज देश प्रजातन्त्रबाट फड्काे मार्दै गणतन्त्रकाे युगमा प्रवेश गरेकाे छ । धेरै नागरिककाे बलिदानी र लामाे संघर्ष पछि नेपालकाे संविधान २०७२ जारी भएकाे छ । लामाे संक्रमणकालकाे अन्त भएकाे छ । संक्रमणकालकाे अन्त नै शान्ति बहालीकाे सुचक हाे । तसर्थ अब देश समृद्धि तर्फ उन्मुख हुनु पर्दछ । समृद्भिकाे सुचक भ्रष्टाचार उन्मुक्त समाज या भनाै सुशासन युक्त समाज नै हाे तर बहुदलिय प्रजातन्त्र पश्चात हाल सम्म देशले मारेकाे भनेकाे नै भ्रष्टाचार हाे । स्थानिय स्तर देखि राज्यकाे प्रत्येक तह र सार्वजनिक निकायमा भ्रष्टाचारीकाे सञ्जाल सकृय छ । सुशासनकाे सधै अभाव भएकाे र एेन कानूनकाे प्रभावकारी कार्यान्वयन नहुनाले नेपालमा भ्रष्टाचारकाे समस्या दैनिक फैलिंदै र झाँगिदै गएकाे हामीले महसुस गरेका छाैं । भ्रष्टाचार राेक्ने नियन्त्रण गर्ने वा भ्रष्टाचार निवारण गर्ने एक मात्र उपाय भनेकाे भ्रष्टाचार विरूद्धकाे अत्यन्त कडा कानूनी व्यवस्था र साे काे प्रभावकारी नियमन हाे । अहिले प्रत्यक्ष रूपमा २९ अरब र अप्रत्यक्ष रूपमा खरबाैं खर्च गरी जारी गरिएकाे नेपालकाे संविधानमा पनि भ्रष्टाचार नियन्त्रण गर्ने कठाेर कानुनी व्यवस्था गर्न अाधार प्रदान गरिएकाे देखिएन । यसै संविधानकाे अाधारमा ३०० भन्दा बढि कानून संशाेधन तथा थप कडा कानूनी व्यवस्थाकाे विषय समावेश हुने सम्भावना नदेखिएकाेले देहायका विषयवस्तुहरू सँग सम्बन्धित कानूनमा संशाेधन तथा थप कानूनी व्यवस्थाकाे सुनिश्चितताकाे लागि जाेडदार माग गर्दै यहाँकाे ध्यानअाकृष्ट गराउन चाहन्छाैं । 

हाम्रा मागहरूः
१. नेपालकाे संविधान २०७२ मा धर्म निरपेक्ष र संघियतालार्इ समावेश गरी जारी गरिएकाे  अवस्थामा उक्त विषयहरू नागरिककाे भावना र विचार विपरित देखिदा उक्त विषयलार्इ नागरिक माझ अनुमाेदन गराउन जनमत संग्रहकाे व्यवस्था गरियाेस् । 
२. भ्रष्टाचार गरी भ्रष्टाचारकाे सजाय पाउने व्यक्तिलार्इ अधिकतम सजायकाे रूपमा जन्मकैदकाे व्यवस्था हुनु पर्ने । साथै उक्त सजायलार्इ अाममाफी दिन नपाइने संवैधानिक कानुनी  प्रावधान राखियाेस् । 
३. नेपालकाे बहुदलिय प्रजातन्त्र अाए पश्चात मन्त्रि तथा प्रधानमन्त्रि भएका सम्पूर्ण जनप्रतिनिधिहरूकाे सम्पति छानविन गरी अकुत सम्पति कमाउनेलार्इ भ्रष्टाचार निवारण एेन बमाेजिम मुद्दा चलार्इ सर्वस्व सहित जन्म कैदकाे सजायकाे व्यवस्था गरियाेस् । 
४. संसार भरकाे कानुनमा  घुस दिने लाइ समेत पाँच वर्ष कैद गर्ने व्यवस्था भएकाेले नेपालमा पनि घुस दिनेलार्इ पाँच वर्ष सम्मकाे कैदकाे व्यवस्था गरियाेस् । 
५. निर्वाचन सम्बन्धि प्रकृयामा राइट टु रिजेक्ट अर्थात निर्वाचित जन प्रतिनिधिहरूलार्इ प्रत्यावन गर्नुका साथै उक्त व्यक्तिलार्इ पाँच वर्ष सम्म निर्वाचन प्रकृयामा भाग लिन नपाउने संवैधानिक कानुनी व्यवस्था गरियाेस् ।
६. संवैधानिक निकाय तथा न्यायिक निकायहरूमा राजनिति नियुक्ति गरिने व्यवस्था परिमार्जन गरि याेग्यता, क्षमता, अनुभव र विज्ञताकाे अाधारमा खुला प्रतिस्पर्धा द्धारा नियुक्ति गर्न विद्ममान व्यवस्थालार्इ परिमार्जन गरियाेस् । 
७. नेपाल सरकारले श्रम स्विकृति सम्झाैता गरेर र न्यूनतम तलव स्केल ताेकेर मात्र वैदेशिक राेजगारमा नेपाली नागरिकलार्इ पठाउने व्यवस्थालार्इ कडाइ साथ लागु गरियाेस् साथै कुनै पनि विदेशी नागरिकले स्वदेशमा राेजगारका लागि अनुमति लिनु पर्ने कानुनी व्यवस्थाकाे कडाइ पूर्वक कार्यान्वयन गरियाेस् । 
८. निजामति कर्मचारीहरूकाे सम्पति विवरण गाेप्य नराखी सार्वजनिक गर्नु पर्ने व्यवस्था गरियाेस् ।उक्त विवरण विभिन्न माध्यमबाट सार्वजनिक गरियाेस् । 
९. निजामाति कर्मचारीहरूले हाल पाइरहेकाे तलव सुविधा कम भएकाेले भ्रष्टाचारलार्इ प्राेत्साहन हुने गरेकाे  हुँदा अाधारभुत अावश्यकता परिपूर्ति हुन सक्ने न्यायाेचित तलवमान कायम गर्ने तथा सार्वजनिक निकायमा हाजिर गरेकाे , पाेशाक लगाएकाे जस्ता कार्यसम्पादन परिसुचकहरू बनाइ प्राेत्साहन भत्ता वितरण गर्ने व्यवस्थाकाे तत्काल अन्त्य गरी, प्रत्येक सार्वजनिक निकायका कार्यसम्पादन परिसुचकहरू सार्वजनिक गरी मासिक रूपमा मुल्यांकन गर्ने व्यवस्था कडाइका साथ लागु गरियाेस् ।
१०. संविधानमा विद्ममान राष्ट्रिय सूचना अायाेगलार्इ संवैधानिक अायाेग बनाउने व्यवस्था गरियाेस् । 
११. महंगाे र भड्किलाे निर्वाचन प्रकृया बन्द गर्न विद्ममान निर्वाचन सम्बन्धि कानुन तथा अाचारसंहितालार्इ प्रभावकारी रूपले कडाइका साथ लागु गर्ने व्यवस्था गरियाेस् । 
१२. सुशासनकाे लागि उपयुक्त अाैजारकाे रूपमा रहेकाे नागरिक वडापत्र राख्ने प्रावधान अनुरूप हाल विभिन्न सरकारी गैर सरकारी तथा संघ संस्थाहरूमा नागरिक वडापत्र नियमित रूपमा नराखी सेवा प्रवाहमा ठगी गरी अनियमितता सहितकाे भ्रष्टाचार हुने गरेकाे हुँदा उक्त कार्यलार्इ निरूपण गर्न नागरिक वडापत्र राख्ने व्यवस्था कडाइका साथ लागु गरियाेस्  र नागरिक वडापत्र नराख्नेलार्इ कडा दण्ड सजायँकाे व्यवस्था गरियाेस् ।

Sunday, November 29, 2015

Indian police arrested in Nepal

भारतीय एस.एस.बी का जवानलाई नेपाल प्रहरीले समाते पछी पत्रकारलाई सो क्षेत्रमा भिडियो खिच्न अनुमती ननिदा एक दर्शक लेखिचेको द्रिश्य ।


Tuesday, November 24, 2015

नाकाबन्दीको बिरोधमा चलचित्रकर्मीले गरे जागरण र्‍याली ।

८ मङ्सिर,काठमाडौं ।
 नेपाली चलचित्रकर्मीको समुहले आज काठमाडौंमा जागरण र्‍यालीको आयोजना गर्‍यो । काठमाण्डौको रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको र्‍याली भद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै जमल पुगेर सकिएको थियो ।
"चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान" को आयोजनामा गरिएको कार्यक्रममा चलचित्र देखि टेलिभिजनका कलाकर्मीहरुको उपस्थिती रहेको थियो । भारतले गरेको नाकाबन्दीको बिरोध जनाउदै गरेको र्‍यालीमा  सहभागी कलाकर्मीहरुले यसरी आ-आफ्ना प्रतिकृया ब्यक्त गरे । हेर्नुहोस् भिडियो -

Friday, November 20, 2015

अभियानकर्ताले सयुंक्त राष्ट्र सँघ (UN) मा राखेका मागहरु ।

सुशासन अभियान नेपाल, भ्रस्टाचार बिरुद्ध संघर्ष समिती र शारदा भुसाल झा (भ्रस्टाचार बिरोधी अभियानकर्ता ) ले भारतीय नाकाबन्दीको बिरोधमा सयुंक्त राष्ट्र सँघ (UN) मा राखेका मागहरु । -

१ - अघोसित नाकाबन्दी गरी मानव बिरोधी अपराध गर्ने भारतलाई अन्तरास्ट्रिय संन्धी र कानुन अनुसार कारवाही गरियोस ।
२ - मधेसी आन्दोलनलाई सहयोग गरी आतंक फैलाउने जुन सुकै भारतीयलाई आतंककारी घोषणा गरी अन्तरास्ट्रिय कानुन अनुसार कारवाही गरियोस ।
३ - भारतीय नाकाबन्दीले मुलुकको नागरिक स्तरमा परेको सेवा सुबिधाको प्रवाहमा भएको अवरोध को स्थलगत अनुगमन गरी नागरिकको बाँच्न पाउने मानव अधिकारलाई संरक्षण र सम्बर्दन गर्नुका साथै मानव अधिकार उल्लङ्घनकर्ता लाई कारवाहिको दायरामा ल्याईयोस ।
४ - मधेसी आन्दोलन को बहना मा भारत ले गरेको नाकाबन्दीका कारण नेपाल मा पर्न गएको असर लाई (WTO) डब्लु टी ओ को संन्धी अनुरुप प्रत्यक दिनको क्षतिको क्षतिपुर्ती दिलाइयोस ।
५ - दैनिक उपभोग्य बस्तु ग्याँस,इन्धन खाध्यान्न औषधी लगायत अत्यावस्यक सामाग्रीहरु सहजरुपले उपलब्ध हुने ब्यवस्था तत्काल लागु गरियोस ।
६ - नेपालले भूपरिवेष्ठित राष्ट्रको रुपमा पाउने सामुन्द्रिक मार्गको सेवा सुबिधा निर्विवादरुप प्रयोग गर्न पाउने अधिकार तत्काल लागु गरियोस ।
७  - तराइको समस्या समाधान गर्न पहल गरियोस । 

Wednesday, November 18, 2015

UN को आश्वासन पत्रमा के छ ?

अनशन कर्ताका लागि UN को आश्वासन पत्रमा  के छ ?  । हेर्नुहोस् भिडियो -

UN को आश्वासन पत्र पाए पछी शारदाले गरिन तत्कालका लागि अनशन स्थगन ।

२ मङ्सिर काठमाडौं । 
शारदा भुसाल झा को अगुवाईमा आज हुने भनिएको आमरण अनशन सयुंक्त राष्ट्र संघका प्रतिनिधि सँगको वार्ता पस्चात हाललाई स्थगन गरिएको जनाएको छ । 
गत कार्तिक ३० गतेका दिन संयुक्त राष्ट्र संघको कार्यालय ललितपुरमा सुशासन अभियान नेपाल,भ्रस्टाचार बिरुद्ध संघर्ष समिती र शारदा भुसाल झा को अगुवाईमा भारतले गरेको नाकाबन्दीका बिरुद्ध भारतलाई कार्वाही गर्न माग गरेको थियो । अनशनकर्ता शारदाका अनुसार सयुंक्त राष्ट्र संघको कार्यालयबाट आगामी दिनमा उक्त माग प्रति सुनवाई नभए पुन: अनशन बस्ने बताएकी छिन ।   

सयुंक्त राष्ट्र संघको कार्यालय ललितपुरले दिएको पत्र बुझे पश्चात तस्बिर खिचाउँदै बाँयाबाट क्रमश:  श्री जे.एन. घिमिरे ( वार्ता प्रमुख अभियानकर्ता ) , सूचना अधिकारी  श्री राम बाबु शाह (संयुक्त राष्ट्र संघ सूचना केन्द्र ), शारदा भुसाल झा (अनशनकर्ता )  र श्री रतन चन्द ( अभियानकर्ता ) ।  

Tuesday, November 17, 2015

नाकाबन्दीका बिरुद्ध शारदा ले अनशन बस्ने ।

१ मङ्सिर, काठमाडौं । 
भारतले गरेकाे अघाेषित नाकावन्दीकाे बिरुद्ध यहि २०७२ मंसिर २ गते दिनकाे १ बजे देखि काठमाण्डाैकाे खुलामञ्चमा सुशासन अभियान नेपाल तथा भ्रष्टाचार बिरुद्ध संघर्ष समिति नेपालकाे संयाेजकत्वमा र भ्रष्टाचार विराेधि अभियानकर्ता शारदा भुसाल (झा) काे अगुवाइमा अामरण अनशनको कार्यक्रम तय गरेको जनाएको छ ।   
कार्यक्रमका लागि बिभिन्न सँघ संस्था तथा अभियानमा आबद्ध अभियानकर्ताहरूलाइ निम्न किसिमको जिम्मेवारी दिईएको पनि जनाएको छ । 
अामरण अनशनकर्ताः शारदा भुसाल (झा)
१.जे.एन घिमिरे ( वार्ता तथा अन्तराष्ट्रिय संचार संयाेजक) 
२.रतन बहादुर चन्द ( अार्थिक तथा प्रचार प्रसार संयाेजक )
३.सरस्वति धिताल ( अनशन स्थल व्यवस्थापन संयाेजक)
४.पुजा घिमिरे ( अनशन स्थल व्यवस्थापन तथा प्रचार प्रसार उप-संयाेजक )
५ रामकृष्ण घिमिरे ( अार्थिक संकलन,प्रचार प्रसार र विदेश विभाग संयाेजक )
६.सुदर्शन जोशी ( कानुनी सल्लाहकार )
७. केशब शर्मा (कानुनी सल्लाहकार )
८. डिल्ली राज देवकोटा (बैदेशिक कुटनैतिक  संयोजक ) 
९. करण बडाल ( प्रचार प्रसार उप-संयोजक )
१०. प्रचार प्रसार समिती सदस्यहरु - महेन्द्र अाेझा, खिम कँडेल, हेमराज पाण्डे, भिमा नेवाङ । 

Monday, November 16, 2015

भारतलाई दवाब दिन UN मा ज्ञापन पत्र दर्ता ।

३० कार्तिक ,काठ्मान्डौँ । 
सुशासन अभियान नेपाल तथा भ्रस्टाचार बिरुद्ध संघर्ष समिती नेपालकाे समुहले भ्रस्टाचार बिरोधी अभियानकर्ता शारदा भुसाल झा को संयाेजकत्वमा भारतले गरेको अघोषित नाकाबन्दीलाई सयुँक्त राष्ट्र सँघ (UN) मार्फत घ्यानाकर्षण गराउदैँ दवाब दिन सयुँक्त राष्ट्र सँघ भवन नेपाल ( UN ) को कार्यालयमा आज एक ज्ञापन पत्र दर्ता गराएको छ । 
सात बुँदे मागहरु:-
१- अघोषीत नाकाबन्दी गरी मानब बिरोधी अपराध गर्ने भारतलाई अन्तराष्ट्रिय संन्धी र कानुन अनुसार कारबाही गरीयोस ।
२- भारतीय  नाकाबन्दीका कारण सेबा सुबिधामा भएको अबरोधको स्थलगत अनुगमन गरेर नागरिकको बाँच्न पाउने मानब अधिकारलाई संरक्षण र संम्बर्धन गर्नुका साथै मानब अधिकार उल्लघन कर्तालाई कारवाहीको दायरामा ल्याइयाेस् ।
३- भारतबाट नेपाल आई ढुंगा मुढा गर्ने र नेपाल सिमा भित्र मारिएका भारतिय मुलका नागरिकलाइ अातंककारी घाेषणा गरियाेस । 
४- भारतले लगाएकाे नाकाबन्दीका कारण नेपालमा पुग्न गएकाे असरलाई डब्लु टी अाे काे सन्धी अनुरूप प्रत्येक दिनकाे क्षतिपुर्ति उपलब्ध गराइयोस । 
५- मानिसकाे उपभाेग्य वस्तु इन्धन, ग्याँस, अाैषधि, खाद्मान्न तथा अत्यावश्यक सामग्रीमा सहज रूपले उपलब्ध हुने व्यवस्था तत्काल लागु गरियाेस ।
६- नेपालले भुपरिबेष्टीत मुलुकको रुपमा पाउने सामुद्रीक मार्गको सुबिधा निर्वाध रुपले पाउने ब्यबस्था गरियाेस् ।
७- तराइकाे समस्या समाधान गर्न पहल गरियाेस । 

Tuesday, November 3, 2015

आयल निगमले नेपाल आउन चीनलाई औपचारिक पत्र पठायो ।

१८ कार्तिक,काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थ कारोबार सम्झौताका लागि कात्तिक २९ भित्र नेपाल आउन चीनलाई औपचारिक पत्र पठाएको छ। नेपाल आयल निगमले मंगलबार चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (पेट्रो–चाइना) लाई व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौताका लागि काठमाडौं आउन लिखित रुपमा आग्रह गर्दै पत्र लेखेको हो। निगमले उक्त वाणिज्य मन्त्रालयलाई बुझाइसकेको छ । वाणिज्यले परराष्ट्र हुँदै बुधबारै चिनियाँ दूतावास मार्फत पेट्रो–चाइना कम्पनीसम्म निगमका पत्र पुर्याउनेछ।


प्रधानमन्त्री केपी ओलीले पाए मन्त्री छान्ने जिम्मा ।

काठमाडौँ, १७ कात्तिक । 
नेकपा (एमाले) को स्थायी समितिको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । 
पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार राति ९ः३० बजेसम्म बसेको स्थायी समितिको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार आवश्यक परेमा अन्य नेतासँग परामर्श गरी अध्यक्ष तथा प्रम ओलीले सम्भवतः बुधबार नै मन्त्रिमण्डल विस्तार गर्नुहुनेछ ।
एक उपप्रधानमन्त्री र अर्थ, रक्षा, सञ्चारलगायत केही महत्वपूर्ण मन्त्रालयमा एमालेले जिम्मेवारी पाउने गठबन्धनमा सहमति भए पनि एमालेले निर्णयमा ढिलाइ गरेको थियो ।
बैठकले विगतमा जस्तो मन्त्री चयन र हटाउने क्रममा देखिएको गल्ती नगरी अध्यक्षले विवेक र न्यायका आधारमा वर्तमान चुनौतीको सामना गर्नसक्ने, पार्टीप्रति बफादार, इतिहास बोकेका तथा राम्रा मध्ये राम्रो व्यक्ति पर्ने र आन्तरिक एकतालाई अझ सुदृढ हुनेगरी मन्त्री चयनका लागि स्थायी समितिले अधिकार दिएको हो । एमालेका भागमा आठ मन्त्रालय पर्ने बुझिएको छ ।
एमालेले हाल कानुनमन्त्रीका रुपमा अग्नि खरेललाई जिम्मा दिइसकेको छ भने सत्यनारायण मण्डललाई विना विभागीय मन्त्री बनाएको छ । अन्य मन्त्री चयन हुन बाँकी छ । स्थानीय विकास मन्त्रालयमा एमाले र राप्रपा नेपाल दुवैको दाबी छ ।
बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा असन्तुष्ट भई मधेसी दलले गरेको आन्दोलन, भारतद्वारा गरिएको सीमा अवरोध र इन्धन अभावबारे मुलुक र जनताको स्वाभिमानको रक्षार्थ डटेर लाग्ने अठोट व्यक्त गर्नुभएको थियो ।

उहाँले नेपालीको शिर ठाडो पार्ने गरी सरकार अघि बढ्ने र यस क्रममा भारतको अघोषित नाकाबन्दीलाई अन्तर्राष्टियकरण गर्ने, सीमा नाका खुलाउन राज्यका सबै शक्ति परिचालन गर्ने, इन्धन आपूर्तिमा एक मुलुकको मात्र भन्दा अन्य मुलुकसँगको कारोबारका विकल्पलाई पनि ढोका खुल्ला गर्ने, दीपावली, छठ पर्वका अवसरमा विद्युतभार कटौती नगर्ने तयारी भएको बैठकलाई अवगत गराउनुभएको र बैठकले त्यसमा समर्थन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

साउदीमा नयाँ श्रम निती लागु , नेपाली कामदारलाई पनि फाईदा हुने ।

साउदी अरब, कार्तिक १७ गते ।  
साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजना अन्तर्गत तलब सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रालयले  ३ हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै  ४ लाख ५  हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।

यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै ६ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ ।

निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकास मन्त्री अब्दुल्लाह अबुले बताउनुभयो ।

सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।

यो व्यवस्थाको उल्लङ्घन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा ३ हजार साउदी रियाल जरिवाना गरिने बताइएको छ । नयाँ नियम अनुसार कामदारलाई निरन्तर  महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।

यो व्यवस्था २ महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

बस दुर्घटनामा मृत्यु भएकाको शव जिल्ला अस्पताल धुन्चे पुर्याइयो ।

धुन्चे (रसुवा), कात्तिक १७ गते।
काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको शव जिल्ला अस्पताल धुन्चे पुर्याइएको छ ।
प्रहरीका अनुसार बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन ।
उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि. तल खसेर दुर्घटना भएको थियो । 

बेलायतका नवनियुक्त राजदूत नेपालमा ।

 १७ कार्तिक काठमाडौं ।
नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रिचर्ड मरिस आफ्नो कार्यभार सम्हाल्न मंगलबार अपराह्न काठमाण्डु आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मरिसलाई नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले स्वागत गरेका थिए ।निकट भविष्यमा राष्ट्रपतिसमक्ष राजदूत मरिसले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने नायब शिष्टाचार महापाल बर्तौलाले बताए ।

Monday, November 2, 2015

प्र.म. के.पि. वली ज्यु ले टुइट गर्दै यसो भने ।

१७ कार्तिक काठमाडौं ।
प्रधानमन्त्री के.पी. वली ज्यु ले टुइट मार्फत भारतका प्रधानमन्त्रीको जवाफ यसरी सार्वजनिक गर्दै भन्नु भयो   "ग्यास पेट्रोलियम पदार्थ आपूर्तिमा भारतबाट कुनै समस्या नहुने र आफ्नो तर्फबाट समस्या समाधानमा पूरा साथ हुने धारणा राख्नु भयो।"

वीरगन्जको घटनाले मुलुक भरका सिमामा के के भयो ।

१७ कार्तिक काठमाडौं । 
वीरगन्जमा जारी प्रदर्शनमा सहभागी हुन आएका भारत रक्सौलका आशिष कुमार रामको प्रहरी कारबाहीका क्रममा मृत्यु भएपछि भारतीय पक्षले एक्कासी नेपाल भारतका सीमाहरु नाकाबन्दी गरेपछि सीमा क्षेत्रमा रहेका हजारौं मालबाहक गाडीहरु अलपत्र परेको जनाएको छ । 

टेलिफोन बार्तामा प्र.म. ओलीले मोदीलाई यसो भने ।


१६ कार्तिक, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्तामा भारतीय नाका खोले भारतीय मालवहाक सवारी साधनलाई नेपालमा पूर्ण सुरक्षा दिने प्रतिवद्धता जनाएका छन्।

वीरगञ्ज झपडमा एक भारतीय नागरिकको मृत्यु भएपछि भएको टेलिफोन वार्तामा नेपाली प्रधानमन्त्री ओलीले भारतीय मालवहाक ढुकानीका सावारी साधनहरुमा कुनै प्रकारको समस्या नहुने जानकारी गराएका हुन्।

पार्टी मुख्यालय धुम्बाराहीमा एमाले स्थायी कमिटीको बैठक जारी रहेको समयमा दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्पर्क भएको थियो।

अब ग्याँस बितरणमा कुपन प्रणाली लागु हुने ।

        १६ कार्तिक काठमाडौं ।          
     उपभोक्ताहरुले खाना पकाउने ग्याँसको चरम अभावको कारण आक्रोस बढ्दै  गए पछी सरकारले ग्याँस  बितण र आपुर्ती प्रणालीलाई पारदर्शी र ब्यवहारिक बनाउन लागेको छ । बाणिज्य तथा आपुर्ती ब्यवस्थापनका  महानिर्देशक शम्भु कोइरालाले एक नेपाली च्यानल कार्यक्रम मार्फत वहाँले सो जानकारी गराउनु भएको हो ।  

        ग्याँस उध्योगीहरुले उध्योगमा ल्याएको ग्याँस पारदर्शी  तरिकाले  पभोक्तालाई बितरण गर्न सरकारले बिशेष सयन्त्र पनि तयार गर्न लागेको बताउनु भएको छ । ग्याँस उध्यमीहरु कारखाना बाटै ग्याँस बिक्री  गरेको भन्दै उपभोक्तामा बढेको आक्रोस प्रति महानिर्देशक कोइरालाले हरेक परिवार लाई कुपन प्रणाली र आवश्यकता अनुसार बिक्रेता मार्फत नै ग्याँस बितरण गर्ने  व्यवस्था गर्न लागेको बताउनु भएको छ ।  

बिरगन्जमा कर्फ्यु ।

१६ कार्तिक काठमाडौं ।
वीरगन्जमा प्रहरीले प्रहारकाे गरे गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) नजिक एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । सो झडपमा भारत रक्साैलका अाशिसकुमार रामकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

प्रदर्शन उग्र भएपछि प्रशासनले दिउँसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । झडपमा प्रदर्शनकारीले चलाएको ढुंगा लागेर रातोमाटो गण मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण चौधरी र इनरवा प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सुवेदीसहित १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। चौधरीको मुखमा ढुंगा लागेर दात भाँच्चिएको छ भने सुवेदीको हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

Sunday, November 1, 2015

बिरगन्जको नाका सुरक्षाकर्मीले खोले लगत्तै बिरोध ।

१६ कार्तिक ,  बिरगन्ज ।
 नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारी मोर्चाले वीरगन्जको लक्ष्मणवा, नगवा, घण्टाघर, बिर्ता, गण्डक, श्रीपुरलगायतका स्थानमा बिहानैदेखि टायर बालेर स्थानीय प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन् ।

एक महिनाभन्दा बढी समयदेखि वीरगञ्ज नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले हस्तक्षेप गरी सोमबार बिहान नाका खुलाएको हो । आन्दोलनकारी हटाएसँगै वीरगञ्जमा अलपत्र भारतीय मालबाहक गाडीहरू समेत भारत प्रवेश गरेका थिए ।

कालोबजारी गर्ने कनोडिया प्रहरी खोरमा


१५ कार्तिक , कोहलपुर ।


कनोडियाको पक्षमा देखिए डिएसपी तेल पठाउन अग्रिम ५ लाख पत्रकार चेतकान्त भट्टराईमाथि हातपात गर्ने कनोडिया अटोमोबाइल्सका सञ्चालक सञ्जय कुमार कनोडिया अन्ततः प्रहरी खोरमा पुगेका छन् । शनिबार बिहान समाचार संकलनका क्रममा पत्रकार भट्टराईमाथि कनोडियाले ‘मेरो विरुद्ध समाचार लेख्ने यही हो’ भन्दै हातपात गरेपछि कोहलपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले भने हातपातको जाहेरी २४ घण्टा पछि मात्रै दर्ता गरेको छ । जाहेरी दर्ता गर्न आलटाल गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजिव बस्नेतले ठूलो दबाबपछि मात्रै सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

पीडित पत्रकार भट्टराईले आफूलाई समाचार लेखेकै भरमा हातपात भएको बताएका छन् । पीडित पत्रकार र कोहलपुर क्षेत्रका सञ्चारगृहहरुले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कनोडिया विरुद्ध उजुरी दिएका थिए । उजुरीपछि अटोमोबाईल्सका सञ्चालक कनोडियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
असोज २७ गते पीपलबोट दैनिकमा ‘पेट्रोलियम पदार्थमा  कालोबजारी’ शिर्षकमा प्रकाशित भएको समाचारलाई लिएर कनोडियाले हातपात गरेको पीडित पत्रकार भट्टराईले बताए ।
पत्रकारमाथि भएको हातपातको चौतर्फी भत्र्सना गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसबारे नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष रुद्र सुवेदीले समाचारको बिषयमा आफनो चित्त नबुझेको खण्डमा त्यसको छानबिन गर्ने निकाय र कानुनी बाटो हुँदाहुँदै पनि समाचार लेख्ने यही हो भन्दै स्थानीय गुण्डा नै परिचालन गरेर कुटपिटमा उत्रनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए ।

यस्तै कोहलपुरका सम्पुर्ण संचारसंस्थाले कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।  आफ्ना मागहरु कानुन बमोजिम पुरा नभएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । त्यसैगरी राप्ती सेवा समाजले पनि विज्ञप्ति जारी गर्दै आफ्नो संस्थाका उपाध्यक्ष माथि भएको घटना प्रति ध्यनाकर्षण जनाउँदै दोषीलाई कारवाही गर्नुपर्ने माग राखेको छ ।

कनोडियाको पक्षमा देखिए डिएसपी घटना पश्चात पीडित पत्रकार चेतकान्त भट्टराईले पीडक सञ्जय कनोडियालाई कारबाहीका निम्ती दिएको जाहेरी २४ घण्टापछि आलटाल गरी दर्ता गरेको लगत्तै आरोपी कनोडियाको सोही प्रकारको मुद्दा दर्ता गर्ने मनसाय देखाएका छन् । पीडक सञ्जय कनोडियाको पक्षमा डिएसपी देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका दर्जन बढी पत्रकार डिएसपी राजिव बस्नेतसँग आक्रोशित भएका छन् ।

पीडक सञ्जय कनोडियाको पक्षमा डिएसपी देखिनु आश्चर्यको विषय बनेको छ । किन उभिए कनोडियाको पक्षमा डिएसपी बस्नेत यो खोजिको विषय बनेको त्यहाँ उपस्थित पत्रकार एवं सर्वसाधारणहरुले बताएका छन् । पटकपटक विवादमा आइरहने कनोडियाको सोही प्रकृतिको मुद्दा दर्ता गर्न खोज्नु कस्तो न्याय हो ? बुझ्न गाह्रो देखिएको छ । एकै प्रकृतिको दुईवटा मुद्दा एउटै कार्यालयमा दर्ता हुन नसक्ने जानकारहरुले बताएका छन् ।
अग्रिम ५ लाख कनोडिया अटो मोबाइल्सका सञ्चालक सञ्जय कनोडियाले प्रतिलिटर रु.१२० का दरले इन्धन दिने सर्तमा गोरखाका व्यापारीहरुसँग ५-५ लाख रुपैंया अग्रिम पेश्की लिएको खुल्न आएको छ । कनोडिया प्रहरी खोरमा थुनिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय परिसर भित्र पुगेका नाम उल्लेख नगर्ने सर्तमा ती पीडितले भने ‘अग्रिम ५ लाख दिएको छु, न तेल न पैसा हुनेजस्तो लाग्यो ।’ तेलको अभाव भैरहेकोमा बाहिर तेल पठाउन पैसा लिनुले उनी कालोबजारी गर्न उद्दत छन् भन्ने देखाउँछ ।’ प्रहरी कार्यालयमा उपस्थित एक सर्वसाधारणले बताए ।

बजारमा ग्यास ग्याँसको अभाव ।

१५ कार्तिक, काठमाडौं ।  
सरकारले आधा सिलिन्डर ग्याँस उपलब्ध गराउने बताए देखी सयौ ग्राहकहरु  ग्याँस भन्डार बाहिर लाइनमा । हेर्नुहोस् भिडियो । 

Saturday, October 31, 2015

ISIS ले लियो रसियन बिमान दुर्घटनाको जिम्मेदारी ।

३१ अक्टोबर २०१५  (एएफपी ) एजेन्सी  ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार करीब २०० भन्दा बढी पर्यटक बोकेर इजिप्टबाट उडेको रुसी बिमान आईएस आईएसले दुर्घटना गराएको जिम्मेदारी लिएको छ ।
इजिप्टको पेनिनसुला क्षेत्रमा दुर्घटना भएको सो बिमान भित्र रहेका सम्पूर्ण पर्यटक मारिएको त्यहाँको स्वास्थ्य र  सुरक्षा बिभागले जनाएको छ । रुसी समाचार एजेन्सीलाई सुरक्षा बिभागले बताए अनुसार दुर्घटना स्थल बाट करीब १०० जना को सव निकाली सकेको छ भने बाँकी सव निकाल्ने प्रयास भई रहेको जनाएको छ । 

रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले दुर्घटनामा मारिएकाहरु प्रती समबेदना प्रकट गर्दै १ नभेम्बर का दिन मुलुक भर सोक दिवस मनाउने घोषणा गर्नु भएको छ । 

रसिएन एभिएसनले जनाए अनुसार शर्म अल शेख बिमानस्थलबाट बिहानको ६.३० बजे उडान भरेको बिमानमा १३८ महिला , ६२ पुरुष १७ बालबालिका र ३ जना यूक्रेनका पर्यटक सवार थिए । उड़ान नम्बर  ९२६८ को  एयरबस - ३२१ले  शर्म अल सेखबाट रुसको पिटरबर्गका लागि उडान भरेको थियो ।