Sunday, November 1, 2015

कालोबजारी गर्ने कनोडिया प्रहरी खोरमा


१५ कार्तिक , कोहलपुर ।


कनोडियाको पक्षमा देखिए डिएसपी तेल पठाउन अग्रिम ५ लाख पत्रकार चेतकान्त भट्टराईमाथि हातपात गर्ने कनोडिया अटोमोबाइल्सका सञ्चालक सञ्जय कुमार कनोडिया अन्ततः प्रहरी खोरमा पुगेका छन् । शनिबार बिहान समाचार संकलनका क्रममा पत्रकार भट्टराईमाथि कनोडियाले ‘मेरो विरुद्ध समाचार लेख्ने यही हो’ भन्दै हातपात गरेपछि कोहलपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले भने हातपातको जाहेरी २४ घण्टा पछि मात्रै दर्ता गरेको छ । जाहेरी दर्ता गर्न आलटाल गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजिव बस्नेतले ठूलो दबाबपछि मात्रै सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

पीडित पत्रकार भट्टराईले आफूलाई समाचार लेखेकै भरमा हातपात भएको बताएका छन् । पीडित पत्रकार र कोहलपुर क्षेत्रका सञ्चारगृहहरुले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कनोडिया विरुद्ध उजुरी दिएका थिए । उजुरीपछि अटोमोबाईल्सका सञ्चालक कनोडियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
असोज २७ गते पीपलबोट दैनिकमा ‘पेट्रोलियम पदार्थमा  कालोबजारी’ शिर्षकमा प्रकाशित भएको समाचारलाई लिएर कनोडियाले हातपात गरेको पीडित पत्रकार भट्टराईले बताए ।
पत्रकारमाथि भएको हातपातको चौतर्फी भत्र्सना गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसबारे नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष रुद्र सुवेदीले समाचारको बिषयमा आफनो चित्त नबुझेको खण्डमा त्यसको छानबिन गर्ने निकाय र कानुनी बाटो हुँदाहुँदै पनि समाचार लेख्ने यही हो भन्दै स्थानीय गुण्डा नै परिचालन गरेर कुटपिटमा उत्रनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए ।

यस्तै कोहलपुरका सम्पुर्ण संचारसंस्थाले कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।  आफ्ना मागहरु कानुन बमोजिम पुरा नभएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । त्यसैगरी राप्ती सेवा समाजले पनि विज्ञप्ति जारी गर्दै आफ्नो संस्थाका उपाध्यक्ष माथि भएको घटना प्रति ध्यनाकर्षण जनाउँदै दोषीलाई कारवाही गर्नुपर्ने माग राखेको छ ।

कनोडियाको पक्षमा देखिए डिएसपी घटना पश्चात पीडित पत्रकार चेतकान्त भट्टराईले पीडक सञ्जय कनोडियालाई कारबाहीका निम्ती दिएको जाहेरी २४ घण्टापछि आलटाल गरी दर्ता गरेको लगत्तै आरोपी कनोडियाको सोही प्रकारको मुद्दा दर्ता गर्ने मनसाय देखाएका छन् । पीडक सञ्जय कनोडियाको पक्षमा डिएसपी देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका दर्जन बढी पत्रकार डिएसपी राजिव बस्नेतसँग आक्रोशित भएका छन् ।

पीडक सञ्जय कनोडियाको पक्षमा डिएसपी देखिनु आश्चर्यको विषय बनेको छ । किन उभिए कनोडियाको पक्षमा डिएसपी बस्नेत यो खोजिको विषय बनेको त्यहाँ उपस्थित पत्रकार एवं सर्वसाधारणहरुले बताएका छन् । पटकपटक विवादमा आइरहने कनोडियाको सोही प्रकृतिको मुद्दा दर्ता गर्न खोज्नु कस्तो न्याय हो ? बुझ्न गाह्रो देखिएको छ । एकै प्रकृतिको दुईवटा मुद्दा एउटै कार्यालयमा दर्ता हुन नसक्ने जानकारहरुले बताएका छन् ।
अग्रिम ५ लाख कनोडिया अटो मोबाइल्सका सञ्चालक सञ्जय कनोडियाले प्रतिलिटर रु.१२० का दरले इन्धन दिने सर्तमा गोरखाका व्यापारीहरुसँग ५-५ लाख रुपैंया अग्रिम पेश्की लिएको खुल्न आएको छ । कनोडिया प्रहरी खोरमा थुनिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय परिसर भित्र पुगेका नाम उल्लेख नगर्ने सर्तमा ती पीडितले भने ‘अग्रिम ५ लाख दिएको छु, न तेल न पैसा हुनेजस्तो लाग्यो ।’ तेलको अभाव भैरहेकोमा बाहिर तेल पठाउन पैसा लिनुले उनी कालोबजारी गर्न उद्दत छन् भन्ने देखाउँछ ।’ प्रहरी कार्यालयमा उपस्थित एक सर्वसाधारणले बताए ।

No comments:

Post a Comment