धुन्चे (रसुवा), कात्तिक १७ गते।
काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यु भएका ३५ जनाको शव जिल्ला अस्पताल धुन्चे पुर्याइएको छ ।
प्रहरीका अनुसार बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन ।
उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि. तल खसेर दुर्घटना भएको थियो ।

No comments:
Post a Comment