१६ कार्तिक काठमाडौं ।
वीरगन्जमा प्रहरीले प्रहारकाे गरे गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) नजिक एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । सो झडपमा भारत रक्साैलका अाशिसकुमार रामकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रदर्शन उग्र भएपछि प्रशासनले दिउँसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । झडपमा प्रदर्शनकारीले चलाएको ढुंगा लागेर रातोमाटो गण मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण चौधरी र इनरवा प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सुवेदीसहित १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। चौधरीको मुखमा ढुंगा लागेर दात भाँच्चिएको छ भने सुवेदीको हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment